एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, २३ असार । नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ । आफ्नो अन्तिम खेलमा उज्वेकस्थानसँग टाइब्रेकरमा पराजित भएको नेपाली महिला टोली आज स्वदेश फर्किएको हो ।

छनोटअन्तर्गत निर्णायक खेलमा पराजित भएपछि अर्को वर्ष अष्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो । टाइब्रेकरमा नेपालकि कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन ।

नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार  १२ : २२  बजे