पोर्चुगलका फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौं, १९ असार । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

पोर्चुगल एवं इङ्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलका २८ वर्षीय स्ट्राइकर जोटासँगै उहाँका २६ वर्षीय भाइ आन्द्रे जोटाको पनि निधन भएको छ । दुर्घटनापछि कारमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

जोटाले दुई साताअघि मात्र आफ्ना प्रेमी रुटे कार्डोसोसँग विवाह गर्नुभएको थियो । जोटाले पोर्चुगलबाट गत महिना मात्र नेसन्स लिगको उपाधि समेत जित्नुभएको थियो ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  १९ : ५३  बजे