श्रीमतीको हत्या गर्ने मिया पक्राउ

काठमाडौं, १९ असार । आफ्नै श्रीमतीको हत्या गर्ने बाराको कलैया उपमहानगरपालिका–१०, मटिअर्वाका बच्चा मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले बुधबार दिउँसो श्रीमती सहिना खातुनको टाउको र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  १३ : ३०  बजे