रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोध्यो

काठमाडौं, १८ असार ।   नेकपा (एकीकृत समाजवादी) ले नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरेर केही दिनअघि सार्वजनिक अभिव्यक्तिमा उहाँलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।

झाँक्रीलाई स्पष्टीकरण सोधेको र प्राप्त हुने जवाफका आधारमा छलफल गरी आवश्यक निर्णय गर्ने एकीकृत समाजवादीले जनाएको छ । पार्टीका अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्वमन्त्रीसमेत रहेकी नेत्री झाँक्रीले काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिनुभएको थियो ।

झाँक्रीले प्रयोग गरेका शब्दलाई लिएर पार्टीभित्र उहाँको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार  १५ : २०  बजे