बारा, १८ असार । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मृर्गौलाको समस्याबाट पीडित उहाँको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट
कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।
प्रतिक्रिया