बोर्ड अध्यक्ष हुमागाईंले भन्नुभयो– राष्ट्रिय विज्ञापन नीति जारी गर्छु

काठमाडौं– विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बोर्डको कार्यालय पुगेर अध्यक्ष हुमागाईंले पदभार ग्रहण गर्नुभएको हो , मन्त्रीपरिषद्को जेठ १२ गते बसेको बैठकले उहाँलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाईंले आफूले अघिल्लो कार्यकालमा थालनी गरेको राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, विज्ञापन ऐन संशोधन लगायतका काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएकाले यसको बजारको विकास र विस्तारको प्रयास गर्ने उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउने भन्दै उनले ऐन सम्बोधनका समयमा त्यसमा उचित सम्बोधन हुने जिकिर गर्नुभयो ।

प्रकाशित मिति: २१ जेष्ठ २०८२, मंगलबार  ०७ : २२  बजे