मेरो चीन भ्रमण राम्रो भयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, १९ जेठ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा जानुभएको थियो । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भ्रमण राम्रो भएको बताउनुभयो । उहाँ उद्योगमन्त्री दामोदर भण्डारीलाई भ्रमणबारे बोल्ने जिम्मेवारी सुम्पिएर बाहिरिनुभएको थियो ।“मेरो चीन भ्रमण राम्रो भयो । माननीय दामोदर भण्डारीले सबै कुरा गर्नुहुन्छ,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, सोमबार  ११ : ५५  बजे