काठमाडौं, १४ असार । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गर्नुभएको छ ।
आज काठमाण्डौमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैदेखि नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताउनुभयो ।
ओलीले नेकपा एमाले एक रहेको र एक भइरहने बताउनुभयो । आउँदा दिनमा पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया