एसईईको नतिजामा सुधारः मौका परीक्षा २९ साउनदेखि

काठमाडौँ, १३ असोज ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ । यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २।४ सम्म ल्याउने ४ हजार १२६ जना, १।६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । गत वर्ष एसइईको नजिता खराब आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षा मन्त्रालयसम्मले त्यसमा चासो दिनुभएको थियो । प्रधानमन्त्री ओलीले बारम्बार एसइईको नतिजा सुधार गर्नेगरि काम गर्न निर्देशन समेत दिनुभएको थियो । यसैवीच एसईईमा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  २० : १९  बजे