एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौँ, १३ असोज ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३।६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३।२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २।८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २।४ सम्म ल्याउने ४ हजार १२६ जना, १।६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  २० : ०२  बजे