छत्रकोट -३ : लुम्छा – हर्दिनेटा सडक कालोपत्रे सम्पन्न
छत्रकोट-३, गुल्मीमा पर्ने करिब २ किलोमिटर लुम्छा -धरमपानी सडक कालोपत्रे सम्पन्न भएको छ।
छत्रकोट-३ हुँदै ५ र ६ नंवर वडा लाई जोड्ने यो सडक छत्रकोट गाउँपालिकाको एक प्रमुख सडक हो। वयरपोखरा देखि हर्दिनेटा वडा कार्यालय सम्म गत वर्ष नै कालोपत्रे भईसकेको थियो,यो वर्ष संघिय समपूरक अनुदान अनुसार लुम्छा -चौपारी र चौपारी -वयरपोखरा गरी दुई खण्डमा अलग- अलग ठेक्का दिएको थियो।
बिचमा काम सुस्ताए पनि पछिल्लो ३ महिनामा तिव्र गतिमा काम चालु भएकोले असार मसान्त अगावै निर्माण कम्पनिले काम सम्पन्न गरेको छ।
सडक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले विकास निर्माणमा काममा स्थानीय नागरिकहरुको निरन्तर रेखदेख हुन जरूरी रहेको र आफ्नो कार्यकाल भरिमा पालिका केन्द्र देखि सबै वडा कार्यालय जोड्ने सडक कालपत्रे गरिसक्ने बताउनु भयो।
सडक निर्माण हुँदै गर्दा निरन्तर रेखदेख गर्दै आउनु भएका स्थानीय हिमाल पन्थ र दिपक श्रेष्ठले सडक राम्रो बनेको बताउनुभयो।
धेरै समयको प्रतिक्षा पछि यो सडक कालोपत्रे भएपछि अब धुँलो र हिलो खान नपर्नी भयो भन्दै स्थानीयबासी हर्षित भएको सामाजिक अभियन्ता जनक पन्थले जानकारी गराउनु भएको छ।
छत्रकोट गाउँपालिका योजना शाखा प्रमुख हरि टण्डनका अनुसार यो सडक निर्माणको ठेक्का सागर निर्माण सेवा प्रा.लि. ले रू. २ करोड २३ लाखमा ठेक्का लिएको थियो।
#छत्रकोट #गुल्मी
प्रतिक्रिया