अनेरास्ववियु गुल्मीको अध्यक्षमा प्रदिप भण्डारी


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

15
Shares
  • A-
  • A
  • A+

काठमाडौं, ११ असार ।अनेरास्ववियु गुल्मीको अध्यक्षमा प्रदिप भण्डारी चयन हुनुभएको छ । हिजो सदरमुकाम तम्घासमा अवस्थित नेकपा (एमाले)को पार्टी कार्यालय मदन-आश्रित भवनमा बसेको अनेरास्ववियु गुल्मी जिल्ला कमिटीको विस्तारीत बैठकले भण्डारीलाई अध्यक्ष चयन गरेको हो ।

उक्त बैठकमा जिल्ला पार्टी अध्यक्ष बालसिंह काउछा, सचिव धर्म विश्वकर्मा लगायतका नेताहरूको उपस्थित रहेको थियो ।

गत ८ महिना पहिले मात्र जिल्ला अधिवेशन सम्पन्न भएको, तर विभिन्न पद रिक्त रहेकोले, विस्तारीत बैठक मार्फत जिम्मेवारी हेरफेर गरिएको जिल्ला सचिव निशान टण्डनले जानकरी गराएका छन् ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  १७ : ४८  बजे