काठमाडौं, ११ असार । इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ ।
अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक कार्यक्रम पछि सारेको बताइएको छ । इरानले घातक युरेनियम संग्रह गरेको भन्दै अमेरिकाले त्यसलाई ध्वस्त गर्न प्रत्यक्ष आक्रमण गरेको थियो ।
तर अमेरिकाले युरेनियम नै नभएको ठाउँमा आक्रमण गरेको गुप्तचरहरुले बताएका छन् । पेन्टागन अन्तर्गतको डिफेन्स इन्टेलिजेन्स एजेन्सीको प्रारम्भिक क्षति मूल्याङ्कन विवरण अमेरिकी सञ्चार संस्था सिबिएस र अन्य मिडियामा चुहावट भएको छ ।
तर ह्वाइट हाउसले सो मूल्याङ्कनलाई पूर्ण रूपमा गलत भन्दै खण्डन गर्दै आएको छ । ह्वाइट हाउसका प्रवक्ताले सो रिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पको छवि बिगार्ने नियोजित प्रयास भएको टिप्पणी गरेका छन् ।
यसैबीच इजरायल र इरानबीच १२ दिन लामो युद्ध अन्त्य गर्दै युद्धविराम कायम भएको दुबै पक्षले पुष्टि गरेका छन् ।
प्रतिक्रिया