कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

काठमाडौं, १० असार । दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो ।
दूतावासले शान्तपूर्वक रहन र कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ ।

राजदूतावासले भनेको छ, वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार  ०६ : ३२  बजे