बिजुलीको पोलले थिचिएर ललितपुरमा एक जनाको ज्यान गयो

काठमाडौं, २१ जेठ । ललितपुरको ठैवमा बिजुलीको पोल सार्ने क्रममा पोलले लागेर एक जनाको ज्यान गएको छ ।

आज गोदावरी नगरपालिका–१४ को सरस्वतीटार टोलमा बाटो निर्माणका सिलसिलामा डोजरले पोल अड्याउन नसक्दा त्यो पोलले थिचिएर स्थानीयवासी ५५ वर्षीय रमेश शाहीको ज्यान गको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिनुभयो ।

यो घटनापछि आक्रोशित स्थानीयवासीले डोजरको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । घटनास्थलमा ८०–९० जना स्थानीयवासी जम्मा भएका र घटनालाई शान्त बनाउने प्रयास भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८२, बुधबार  २१ : ०५  बजे