यातायात व्यवसायीले फिर्ता लिए आन्दोलन

काठमाडौं, २० जेठ । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उहाँले जानकारी दिनुभयो। गण्डकी प्रदेशको पत्र आयो । अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार  २० : ३५  बजे