काठमाडौं, २० जेठ । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा पर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गर्नुभएको हो ।
आफूलाई कार्यालय प्रवेशमा बलपूर्वक अवरोध गरेको र दुर्व्यवहार गरेको भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको महानगरको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐनबमोजिम गएको चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाउनुभएको छ ।
पाण्डे निलम्बित भएपछि महानगरपालिकाले नगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ । ।
प्रतिक्रिया