चिनियाँ उपराष्ट्रपतिसँग पूर्वराष्ट्रपति भण्डारीको भेट

काठमाडौं, १७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ ।

गत जेठ १० गतेदेखि चीन भ्रमणमा रहनुभएकी भण्डारीले शनिबार गान्सुमा चिनियाँ उपराष्ट्रपतिसँग भेट गर्नुभएको हो । त्यस्तै गान्सु प्रान्तका पार्टीका उपप्रमुख रेन जेन्हेसँग पनि पूर्वराष्ट्रपति भण्डारीले भेट गर्नुभएको थियो ।

त्यसअघि उहॅाले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।पूर्वराष्ट्रपति भण्डारी उद्योगमन्त्री दामोदर भण्डारीसहित एमाले नेताहरू सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएको हो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, शनिबार  १९ : १६  बजे