काठमाडौं, १७ जेठ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालका कुनै पनि पार्टी एमालेको जस्तो उचाइमा पुग्न नसक्ने उनले दावी गर्नुभएको छ।नेकपा एमालेले लिएको सही राजनीतिरुपी शरीरमा विज्ञताको मांशपेशी भर्न सकेमात्रै सुन्दर नेपाल बनाउन सकिने उहाँले बताउनुभयो । शनिवार काठमाडौँमा बुद्धिजीवि परिषद्को महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गर्नुभयो । उहाँले बुद्धिजीविहरुले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउनसक्ने बताउनुभयो। एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताउनुभयो । राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताउनुभयो ।
प्रतिक्रिया