बालबालिकाका सम्पूर्ण सामग्री अब ‘जिरो टु टेन’ स्टोरमा, अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुट

काठमाडौं, १७ जेठ । बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ । आज काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएसँगै अब बालबालिकाका लागि सामग्री किन्न फरक–फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको स्टोरका संचालक विष्णु पोखरेलले जानकारी दिनुभयो ।

एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने भएको छ । मिराकल प्लाजाको भुई तल्लामा खुलेको यस स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड डक्टर जिम र बिबि किट्टीको आधिकारिक बिक्रेता पनि हो ।

पाँच करोडको लगानीमा सञ्चालनमा आएको यस स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्थासमेत मिलाएको छ । उद्घाटनको दिन सम्पूर्ण सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने स्टोरमा स्वयं उपस्थित हुनेका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।

सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरुमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेलले जानकारी दिनुभयो । निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ–कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०८२, शनिबार  १६ : १६  बजे