बर्दिबास, १६ जेठ । नेकपा एमाले मधेश प्रदेशले ६० हजारलाई प्रशिक्षण दिने लक्ष्य लिएको छ । केन्द्रीय स्कूल विभागको सहयोगमा मधेश प्रदेश कमिटीले पार्टीका ६० हजार सदस्यलाई नै प्रशिक्षण दिने लक्ष्य लिएको प्रदेश कमिटी सचिव मनोज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार १६–१७ जेठमा बर्दिबासमा सम्पन्न कार्यशालाले थप प्रशिक्षणबारे निर्णय गरेको हो । स्कूल विभाग प्रमुख रहेका एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीकै उपस्थितिमा कार्यशाला सकिएको छ । यो कार्यशालाले माक्र्सवादी दर्शन, समाजवादी अर्थ व्यवस्था, समाजवादको आधार जस्ता विषय समेटेर पार्टी सदस्यहरुलाई प्रशिक्षण दिन लागेको हो ।
9
Shares
प्रतिक्रिया