आर्थिक वर्ष २०८२/८३ को बजेट

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा)

काठमाडौं, १५ जेठ । नेपाल सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो । नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा सहजीकण गरिने उल्लेख भए पनि भिसा निःशुुल्कको प्रबन्ध पहिलो पटक हुन लागेको हो ।

यसबाट नेपालमा पढ्न आउने विदेशी विद्यार्थीलाई प्रोत्साहन मिल्नेछ । विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्ने सरकारको नीति रहेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८२, बिहिबार  २० : ५३  बजे