बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीनको मृत्यु

अछाम, १३ जेठ । बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो ।

फिल्ड गइरहेको  बा ५ च २२०९ नम्बरको जीप सडकबाट ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो । उहॅाका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन भने प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८२, मंगलबार  १३ : ४८  बजे