माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य गर्न माग

काठमाडौं, ३ जेठ । किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ ।

बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताउनुभयो ।

कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उहाँले जानकारी दिनुभयो । माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो ।

किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, शनिबार  ११ : ५४  बजे