म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी, ३० असार । म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१र२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता माविमा ११ र…