काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको हो । उहाँले आज मात्रै मधेश प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको…